आइएमई जनरल इन्स्योरेन्सको हकप्रद आगामी फागुन २२ गतेबाट बिक्री खुला
काठमाण्डौ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आगामी फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले हाल कायम १० : ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्नेछ।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते शेयर दाखिला...